दुलाहा बन्दै बरुण

बिहिबार, १७ पुष २०७६, ११ : ०२ शुक्रवार
दुलाहा बन्दै बरुण

बलिउड नायक बरुण धवनले कलेजदेखिकी प्रेमिका नताशा दलालसँग विवाह गर्ने भएका छन्। ‘स्टुडेन्ट अफ दि इयर’बाट बलिउडमा प्रवेश गरेका उनी कलेजदेखि नै नताशासँग प्रेममा थिए। कलेज ब्वाईबाट बलिउडका लभ्ली ब्वाई बन्दा पनि यी दुवैको प्रेम उस्तै रह्यो।

लामो समयसम्म यी दुवैले आफ्नो सम्बन्ध गोप्य नै राखेका थिए। केही समय अगाडि बरुण आफैंले नताशासँग प्रेममा रहेको र विवाह गर्ने योजनामा रहेको खुलाएका थिए। यी दुवै आगामी अप्रिलमा विवाहको तयारीमा रहेको चर्चा छ।

Leave A Comment