ब्रेकअपको खुसी

बिहिबार, १७ पुष २०७६, ११ : १६ शुक्रवार
ब्रेकअपको खुसी

अस्टिन विल्सनसँग ब्रेकअपपछि अमेरिकी गायिका ड्यामी लोभातो निक्कै खुसी देखिन्छिन्। हालै मात्र उनले इन्स्टाग्राममार्फत ब्रेकअपको सूचना सार्वजनिक गरेकी थिइन्।

त्यसको केही दिनमै उनले आफ्नो इन्स्टा अकाउन्टमा निक्कै सेक्सिला तस्बिरहरु सार्वजनिक गरिन्, जुन तस्बिरमा उनी निक्कै खुसी देखिएकी छन्।

ब्रेकअपपछि अहिले उनी आफ्नो आगामी एल्बमको तयारीमा जुटेकी छन्। गत नोभेम्बरमा ड्यामीले आफू अस्टिनसँग प्रेममा रहेको खुलाएकी थिइन्। यी दुवैको रोमान्स धेरै लामो चलेन र सहमतिमै ब्रेकअपको मोडमा पुग्यो।

Leave A Comment