प्रेणा च्याम्पियन

शनिबार, १९ पुष २०७६, १२ : २७ शुक्रवार
प्रेणा च्याम्पियन

प्रेणा कोइरालाले पोखरामा जारी माछापुच्छ्रे ओपन टेनिस प्रतियोगितामा महिला एकलको उपाधि जितेकी छन्। पोखरा रंगशालामा भएको फाइनल प्रतिस्पर्धामा कोइरालाले सलोनी तामाङलाई ७–५ र ६–१ को सोझो सेटमा पराजित गरिन्।

मेन्स डबल्समा संरक्षक भूषण वज्राचार्य र नवीन मगरको जोडीले बाजी मा¥यो। प्रदीप खड्का र प्रणव खनालको जोडीमाथि ६–३, ६–३ को सहज नतिजा निकाल्दै संरक्षक जोडीले सो उपाधि रक्षा गरे।

प्रतियोगिताको भेट्रान्सतर्फ ३५ वर्षमाथि डबल्स उपाधि राजु श्रेष्ठ (काठमाडौँ) र कमल भण्डारीको जोडीले जित्यो। ४५ वर्ष माथिको डबल्स उपाधि पोखरेली खेलाडीद्वय गोपीबहादुर भट्टराई र धरमबहादुर लामिछानेले जिते। ५५ वर्ष माथिको डबल्समा कमल थापा र झ्याम्पा ढुण्डुप जोडी च्याम्पियन बन्यो। थापा जोडीले समीर शेरचन र अनिल तुलाचनलाई हराएका थिए।

Leave A Comment