सन्दीपको अर्को रेकर्ड

शनिबार, १९ पुष २०७६, १२ : ३२ शुक्रवार
सन्दीपको अर्को रेकर्ड

नेपालका लेग स्पिनर सन्दीप लामिछाने सन् २०१९ को टी–२० अन्तर्राट्रिय क्रिकेटमा सबैभन्दा बढी विकेट लिने खेलाडी बनेका छन्। १६ खेल खेल्दा सन्दीपले २८ विकेट लिएर सन्दीप पुरुषतर्फको टी–२० अन्तर्राष्ट्रिय खेलमा सर्वाधिक विकेट लिने खेलाडी बनेका हुन्।

आइसिसीका अनुसार सन्दीपपछि दोस्रो नम्बरमा नेदरल्यान्डका ब्राडन ग्लोबर छन्। उनले पनि सन्दीप समान २८ विकेट लिएका छन्। तेस्रो नम्बरमा नेपालकै करण केसी रहे। करणले १९ खेलबाट २८ नै विकेट लिएका छन्। ५९ ओभर बलिङ गरेका सन्दीपको इकोनोमी रेट ६.५ छ।

आयरल्यान्डका मार्क एडेर चौथो र नेदरल्यान्डका भान मिकेर्न पाँचौं स्थानमा छन्। अफगानिस्तानका चर्चित लेग स्पिनर रसिद खान २२ औं स्थानमा छन्। उनले १० खेल खेल्दा २० विकेट लिएका छन्। भारतका दीपक चहर ३६ औं स्थानमा रहँदा, श्रीलंकाका लासिथ मालिंगा १० खेलबाट १४ विकेट लिई ४२ औं स्थानमा छन्।

Leave A Comment