जसले फुटबलमा संन्यास लिए

शनिबार, १९ पुष २०७६, १२ : ३९ शुक्रवार
जसले फुटबलमा संन्यास लिए

सन् २०१९ मा अन्तर्राष्ट्रिय फुटबल जगतमा चर्चामा रहेका पाँच फुटबलरले संन्यास लिए। सन् २०१९ मा आर्जेन रोबेन, जावी हर्नान्डेज, रोबिन भान पार्सी,  प्याट्रिस इभ्रा र पिटर चेकले संन्यास लिए।

आर्जेन इंग्ल्यान्ड, स्पेन र जर्मनीका क्लब फुटबलमा निकै सफल मानिन्थे। उनले सन् २००४ देखि २००७ सम्म इंग्लिस क्लब चेल्सीमा, २००९ सम्म स्पेनिस क्लब रियल मड्रिडमा र १० वर्षसम्म जर्मन क्लब बायर्न म्युनिखमा आबद्ध भएका थिए। क्लब फुटबलमा ६ सय ६ खेल खेल्दै २ सय १० गोल गरेका उनले ३० वटा उपाधि उचालेका छन्।

जावी हर्नान्डेज स्पेनिस फुटबलर हुन्। सन् २०१९ मा खेल जीवन त्याग्ने उनी सबैभन्दा सफल खेलाडी हुन्। सन् १९९८ देखि २०१५ सम्म स्पेनिस क्लब बार्सिलोनाबाट खेलेका ३९ वर्षीय जावीले पछिल्लो चार वर्ष कतारको अल साद क्लबबाट खेलेका थिए। क्लब फुटबलमा ९ सय ४३ खेल खेल्दै १ सय १३ गोल गरेर २९ वटा उपाधि उचालेका थिए।

इंग्लिस प्रिमियर लिगमा दुई पटकका गोल्डेन बुट विजेता रोबिन भान पार्सी सन् २००४ देखि २०१२ सम्म आर्सनलबाट खेलेका थिए। संन्यास घोषणा गर्दा उनी आफ्नै देश नेदरल्यान्ड्सको फियोनुर्ड रोटेर्डम क्लबमा आबद्ध थिए। क्लब फुटबलमा ५ सय ९३ खेल खेल्दै २ सय ७३ गोल गरेका उनले सात वटा उपाधि उचालेका छन्।

प्याट्रिस इभ्रा विश्वकै उत्कृष्टमध्ये एक डिफेन्डर हुन्। इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडबाट सन् २००६ देखि २०१४ सम्म नौ वर्ष खेलेका उनले त्यसपछि तीन वर्ष इटालियन क्लब युभेन्टसमा आबद्ध भए। उनले फ्रान्सको राष्ट्रिय टोलीबाट ८१ खेल खेलेका छन्। क्लब फुटबलमा उनले ७ सय ३३ खेलमा २४ गोल गरेर  २१ वटा उपाधि उचालेका छन्।

विश्वका महान् गोल रक्षक मध्येका पिटर चेकले सन् २००४ देखि सन् २०१५ सम्म चेल्सीको गोलपोस्ट सम्हालेका थिए। ३७ वर्षीय चेकले क्लब इतिहासमा ७ सय ८१ खेल खेलेका छन् र १८ वटा उपाधि उचालेका छन्।

Leave A Comment