रोचक ट्वीट

सोमबार, २१ पुष २०७६, १२ : २३ शुक्रवार
रोचक ट्वीट

स्पेनको एउटा शहर सेभिलस्थित एक बैंकबाट रकम झिकेर निस्किएका एक जनाको तीन हजार युरो (३३ सय डलर) डकैती गरेर दुई जना टाप कसे।

जसै यी डाकाहरु पैसा टिपेर कारमा दौडिन थाले, प्रहरीको एउटा ट्वीट आयो, ‘अर्काको मिहिनेतमा डकैती गर्नेहरु जुन कारमा टाप कसिरहेका छन्, त्यसको चियो हामीले गरिरहेका छौँ। ती टाढा भाग्न पाउने छैनन्।’
यो ट्वीट देखिनेबित्तिकै डकैतीमा संलग्नमध्ये एक कार छाडेर पैदलै दौडन थाले।

यसको केही समयमै प्रहरीको अर्को ट्वीट आयो– एक जना डाका त दौडन थालेछ। उनीहरुलाई के थाहा छैन भने हाम्रो प्रहरीमा उनीहरुभन्दा एकसे एक २००–३०० मिटर दौडमा प्रथम भएको रेकर्डधारी नै उनलाई भेट्न आउँदैछन्।’

यसपछि सो ट्वीटको तल कमेन्ट आयो, ‘मलाई भेट्न त गाह्रै होला, तिमीहरुले दौडेर, पौडेर भेट्न सक्छौ भने भेट न त !’
सो कमेन्ट सोही डाकाको हो कि अरुको हो प्रहरीले खुलाउन सकेको छैन। न त सो डकैतीमा परेको ३३ सय डलर फेला परेको बारे प्रहरीले कुनै सूचना दिएको छ।
तर ट्वीटरमा रोचक ट्वीट आएपछि केही समयलाई भने त्यहाँका हल्लाबाजहरुले काम भने पाए।

Leave A Comment