अपराध बढ्ने आशंका

आइतबार, ३० साउन २०७३, ११ : २९ गोपाल दाहाल , Kathmandu
अपराध बढ्ने आशंका

एकताका दिनहुँजसो हुने कट्टि हानाहानका घटनाले धरान बदनाम थियो । ग्याङ फाइटदेखि हत्यासम्मका घटना भएपछि धरानवासी र प्रहरीको सक्रियताले पछिल्लो समय शान्ति छाउँदै गएको धरानमा फेरि पुरानै समूहमा आबद्धहको झगडा र हत्या हुन थालेपछि धरानवासीमा त्रास छाएको छ ।

साउन १५ गते बिहान ३ बजेको समयमा धरान–१५, निराजनबस्तीका दीपक राई (चुचु) र उनकी श्रीमती अस्मिता राई (परियार) मस्त निन्द्रामा थिए । केही मान्छेह ढोकाको चुकुल खोलेर भित्र पसेको आवाजले उनीह ब्युँझिए । अस्मिताले ‘को हो ?’ भनेर सोधिन् ।

मोबाइलको टर्चलाइट बालेर भित्र पसेका उनीहले ‘चुप लाग्’ भन्दै ओछ्यानमै रहेका दीपकलाई खुकुरी निकालेर काट्न थाले । अस्मिता अतालिँदै हारगुहार गर्न थालिन् । उनीह जथाभावी खुकुरी प्रहार गरेर हिँडे । दीपकलाई हतारहतार अस्पताल पु¥याइयो । तर, चिकित्सकले उनलाई मृत घोषणा गरे । अस्मिताले दिएको किटानी जाहेरीका आधारमा प्रहरीले गाउँकै अपांग भनिने शक्ति बेघा लिम्बूलाई तत्कालै पक्राउ ग¥यो भने जाहेरीमा नाम परेका धरान–१६ का २७ वर्षीय किशन कार्की, धरान–३ शान्तिपथका २५ वर्षीय बिर्खे बिक र ठेगाना नखुलेको वर्ष २८ को दोर्जे तामाङ फरार छन् ।

पिण्डेश्वर मन्दिरमा बोलबमका बेला मोटरसाइकल पार्किङको रसिद काट्ने काम गर्दै आएका दीपक र हत्या आरोपमा पक्राउ परेका शक्तिबीच सामान्य झगडा भएको थियो । प्रहरीसँगको बयानमा शक्तिले आफूलाई दीपकले सानैदेखि हेप्ने, कुट्ने गरेकाले त्यसैको रिसमा हत्या गरेको बताएका छन् । तर, धरानवासीलाई भने दीपकको हत्याले फेरि धरान एक दशकअघिको अवस्थामा फर्किने हो कि भन्ने चिन्ता थपिएको छ ।

२०६० सालको कात्तिक १४ गते धरानको देउराली चोकमा देउसी खेलिरहेका विष्णा लिम्बूको हत्या भएको थियो । धरानको भिक्टोरिया चोकका विष्णा निर्दोष थिए । विष्णाको हत्या हुनुअघि दीपकहकै समूहका सिरी राई मारिएका थिए भने श्री सुब्बामाथि आक्रमण भएको थियो । दाजु रतन लिम्बू र चित्रेलाई खोज्दै गएका १५ जना युवाहको समूहले भिक्टोरिया चोकका वासिन्दा र रतनको भाइ भएकै कारण विष्णालाई तरबार, भाला, खुकुरी प्रहार गरेर हत्या गरेका थिए । सोही हत्या काण्डमा पक्राउ पर्नेमध्येका एक थिए चुचु भनिने दीपक । हत्या अभियोगमा १२ वर्षभन्दा बढी जेल बसेर छुटेका दीपक पटकपटक पक्राउ पर्दै छुट्थे । उनी जेल परेकै बेला उनका भाइ मोहितको पनि पिण्डेश्वर क्षेत्रमै हत्या भएको थियो । अहिले उनको हत्या पुरानो रिसइबीका कारण भएको हुन सक्ने धरानवासीको अनुमान छ ।

त्यसो त गत गत असार १५ गते रतन, सन्तोष विकलगायत युवाहले सञ्चालन गरेको धरानको भानुचोकस्थित मालिंगो रेस्टुरेन्टमा दुई समूहका युवाबीच झगडा भएको थियो । छुरा र सिसा प्रहारबाट संघीय लिम्बूवान पार्टीका युवा परिषद्का केन्द्रीय सदस्य सञ्जयकुमार राई र जिल्ला कार्यसमिति युवा परिषद्का अध्यक्ष प्रकाश लिम्बू घाइते भएका थिए । उनीहले किटानी जाहेरी दिएपछि रेस्टुरेन्टका सञ्चालक मध्येका सन्तोष विक अहिलेसम्म फरार भएका छन् भने प्रहरीले उनकै समूहका तोता भनिने विवेक राईलाई पक्राउ गरेको छ । रेस्टुरेन्टमा झगडा हुने दुई समूह पनि तिनै पुराना दुश्मन समूहसँग सम्बन्धित व्यक्तिह हुन् । के हत्या रेस्टुरेन्टको झगडासँग पनि नजिक छ ? प्रहरी यतातिर पनि चनाखो भएको छ । इलाका प्रहरी कार्यालय धरानका डीएसपी ढकेन्द्र खतिवडा भन्छन्, ‘पुराना घटनासँग पनि सम्बन्ध छ कि भनेर अनुसन्धान गरिरहेका छौँ ।’

कुनै बेला धरानमा भिक्टोरिया चोक र शान्तिपथका युवाको ठूलो दुश्मनी थियो । २०५६ पुसमा भएको धरान शत वार्षिकी महोत्सवका बेला चतरालाइनका केही युवासँग शान्तिपथका श्री सुब्बाको झगडा परेको थियो । त्यसपछि चतरालाइन र भिक्टोरिया चोकका केही युवा मिलेर शान्तिपथका युवालाई कुटपिट गरेपछि ‘भिक्टोरिया चोक’ र ‘शान्तिपथ’का दुई ग्याङ जन्मिएका थिए । त्यसपछि एउटा टोलका युवाले अर्को टोलकालाई जहाँ भेट्यो त्यही झगडा गरिहाल्ने क्रम सुरु भयो । करिब पाँच वर्षसम्म कट्टि हानाहान, ग्याङ फाइट हुँदै हत्यासम्मका घटना भए ।
हुँदाहुँदा २०५८ कार्तिक १३ गते धरानका तत्कालीन मेयर मनोजकुमार मेन्याङवोमाथि नै कट्टि प्रहार भयो । त्यसपछि उनकै संयोजकत्वमा नगर सुरक्षा समन्वय समिति गठन गरिएको थियो । समितिले सम्भावित स्थलमा कडा सुरक्षा व्यवस्था गरिएको थियो । तर, स्थानीय निकाय जन प्रतिनिधिविहीन भएपछि समिति पनि निष्कृय भयो । २०६० मा विष्णा हत्याकाण्डपछि प्रहरीले धेरैलाई पक्राउ ग¥यो । बिस्तारै त्यस्ता घटना कम हुँदै गए तर दुई समूह बीचको तुस अझै सकिएको छैन । त्यसबेला कट्टि हानाहानमा संलग्न हुने धेरै युवा अहिले विभिन्न पार्टीका युवा संगठनमा आबद्ध छन् । उनीहबीच बेलाबेला मेला वा ठेक्कापट्टा जस्ता निहुँमा झगडा पनि पर्ने गरेको छ । तर, प्रहरीको सक्रियता बढ्दा पहिलाजस्तो आतंक भने कम हुँदै गएको थियो । पछिल्लो समय घटनामा संलग्नहलाई प्रहरीले तुरुन्त पक्राउ गर्न नसक्दा फेरि पुरानै अवस्था दोहोरिने हो कि भन्ने खतरा बढेको छ । तर, डीएसपी खतिवडा घटनाले पुरानो रूप नलिने दाबी गर्छन् । भन्छन्, ‘हामीले यहाँका धेरै युवाको विस्तृत जानकारी राखेका छौँ । धरानलाई पुरानो अवस्थामा पुग्न दिदैनौँ ।’

 

Leave A Comment