काइलीको तिर्खा जाल

बुधबार, २३ पुष २०७६, ०१ : १४ शुक्रवार
काइलीको तिर्खा जाल

सन् २०२० को पूर्वसन्ध्यामा काइली जेनर थ्रस्ट ट्रयाप अवतारमा देखा परिन्। २२ वर्षीया सुन्दरीले सन् २०१९ को बिदाइमा इन्स्टाग्राममा राखेको तस्बिरमा केही लगाएकी छैनन्। ओछ्यानमा खिचेको तस्बिरमा उनी सेक्सी लन्जरीमा छिन्। उनले लेखिन्, ‘तिर्खा जालबिना सन् २०२० मा प्रवेश गर्न मन लागेन।’

यो श्यामश्वेत तस्बिर उनको मिल्ने साथी भिक्टोरियाले खिचेकी हुन्। उनले क्याप्सनमा यो तिर्खा जाल चैँ कसका लागि हो भन्ने खुलाएकी छैनन्। मोडल विनी हार्लोले प्रतिक्रिया दिँदै लेखे, ‘म जालमा परेँ।’ पेरिस हिल्टन लगायतकाले हर्ट इमोजी राखेर प्रतिक्रिया दिए। सायद जालबाट उम्किएकाले होला उनका पूर्वप्रेमी ट्राभिस स्कटले भने अहिलेसम्म उनको तस्बिरमा कुनै प्रतिक्रिया जनाएका छैनन्।

Leave A Comment