विलियम्सको वाइल्ड वर्ष

बिहिबार, २४ पुष २०७६, १० : ४४ शुक्रवार
विलियम्सको वाइल्ड वर्ष

टेलिभिजन प्रिजेन्टर विन्डी विलियम्सका लागि सन् २०१९ वाइल्ड वर्ष बन्यो। हात फ्याक्चर हुँदा उनी लामो समय कार्यक्रम सञ्चालनबाट टाढै बस्नुप-यो। सन् २०१९ भरि उनको व्यक्तिगत जीवनमा धेरै ड्रामाहरु भइरहे। लामो समय आराम गरेर टक शोमा फर्किएलगत्तै उनी बिरामी परिन् र अस्पतालै भर्ना हुनुप-यो। कोकिन एडिक्सनका कारण उनी बेलाबखत विवादमा आइरहन्थिन्। उनी अस्पताल भर्ना हुनुको कारण त्यही अम्मल भएको अड्कल लगाइयो। मार्चमा टेलिभिजनमा फर्किएर उनले आफ्नाबारे चलेका सबै चर्चा हल्ला मात्र भएको दाबी गरिन्। यही वर्ष उनको डिभोर्स भएको थियो र यही वर्ष ५५ वर्षीया उनले २७ वर्षे प्रेमी फेला पारिन्। सन् २०२० मा के के हुने हो, हेर्नै बाँकी छ।

Leave A Comment