डुवाको प्रेमी क्रेज

बिहिबार, २४ पुष २०७६, १० : ५१ शुक्रवार
डुवाको प्रेमी क्रेज

गायिका डुवा लिपा र उनको प्रेमी अनवर हदिद सन् २०२० मा विवाह गर्नसक्ने लक्षण देखिएका छन्। सन् २०१९ को बिदाई हुँदै गर्दा मियामीमा एक स्विमिङ पुलनजिकै खिचिएका यी दुवैको तस्बिरले उनीहरु यस बीचमा कति निकट भइसके भन्ने देखाएको थियो। ब्ल्याक डटेड विकिनीमा रहेकी डुवाले आफूभन्दा दुई वर्ष कान्छा २० वर्षीया अनवरलाई कसेर चुम्बन गरिरहेकी छिन् तस्बिरमा। हट टबमा बस्दै पटक–पटक चुम्बन गरेका तस्बिरहरु बाहिरिएका छन् उनका। अनि यही तस्बिरका आधारमा विश्लेषण भइरहेका छन्। यो वर्ष त यिनीहरुले पक्कै इन्गेजमेन्ट गर्नेछन्। यी दुवैको अफेयर शुरु भएको तीन महिना मात्र भएको छ।

Leave A Comment