ब्ल्याक बिकिनीमा करिश्मा

बिहिबार, २४ पुष २०७६, ११ : ३६ शुक्रवार
ब्ल्याक बिकिनीमा करिश्मा

रियालिटी सो बिग बोसमा सहभागी भएसँगै चर्चामा आएकी भारतीय अभिनेत्री करिश्मा तन्नाको ब्ल्याक बिकिनी पोज अहिले भाइरल भइरहेको छ। अहिले उनी बिदामा छिन्। बिदा मनाउने क्रममा समुद्र किनारामा खिचेका बिकिनी पोजका तस्बिरले उनको इन्स्टाग्राम भरिएका छन्। केही तस्बिरमा उनी चेक कलरको कपडामा समेत देखिएकी छन्। टेलिभिजन र फिल्म दुवैतिर समय दिइरहेकी उनको करिअरको गति भने निक्कै सुस्त छ। उनी हालै फिल्म कानपुरको खुरानामा अभिनय गरेकी थिइन्। फिल्म सञ्जुमा समेत उनको अभिनय छ। उनको आगामी फिल्म टिना एन्ड लोलो प्रदर्शनको तयारीमा छ।

Leave A Comment