अप्ठ्यारोमा पोर्नस्टार

आइतबार, ३० साउन २०७३, ११ : ३३ शुक्रवार , Kathmandu
अप्ठ्यारोमा पोर्नस्टार

नाकको सर्जरी गराउन भनेर इरान पुगेकी एउटी पोर्नस्टार ठूलो संकटमा फसेकी छिन् । इस्लामको सिया मत अनुसरण गर्ने इरानको संविधानमा अनैतिक गतिविधि प्रवद्र्धन गर्नेलाई मृत्युदण्ड दिने प्रावधान छ । ती पोर्नस्टार स्वयंले आफू इरानमा रहेको बताएपछि उनी समस्यामा पर्न सक्ने आकलन सर्वत्र गरिएको छ ।
‘अहिले म तेहरानमा छु, रमाइलो गर्दै छु । मेरो नाक सीधा थिएन, यहाँ आएर यसलाई ठीकठाक गरेँ,’ तस्बिर सेयर गर्दै क्यान्डी चाम्र्स उपनामले चिनिने उनले इन्स्टाग्राममा लेखेकी थिइन् । उनले तस्बिर सेयर गरेपछि यसबारे विभिन्न सञ्चारमाध्यममा चर्चा भएको थियो । पोर्नस्टार इरानमा रहेको समाचार सार्वजनिक भएपछि इरानी अधिकारीहरूले यसमा चासो देखाएका थिए ।
‘ती महिलाले अर्कै नामबाट भिसा लिएकी रहिछन् । भिसाका लागि फारम भर्दा उनले आफूलाई हेयर स्टाइलिस्टका रूपमा परिचय गराएकी रहिछन् । झुटो विवरण पेश गरेर उनले भिसा लिएको देखिएको छ,’ इरानी विदेश मन्त्रालय स्रोतलाई उद्धृत गर्दै समाचारमा भनिएको छ । नाकको सर्जरीका लागि इरान संसारभरिमै ख्यातिप्राप्त छ । यहाँ हरेक वर्ष २० हजार मानिसको नाकको सर्जरी हुने गरेको छ ।
इरानको कानुनमा सार्वजनिक रूपमा त्यहाँका मानिसको नैतिक मूल्य पनत गराउने खालका गतिविधि गर्ने अथवा यस्ता गतिविधिलाई प्रोत्साहन गर्नेलाई मृत्युदण्ड दिने प्रावधान छ । ती पोर्नस्टारलाई पक्राउ गरेर सोही प्रावधानअन्तर्गत कारबाही अघि बढाउने जोखिम रहेको विभिन्न सञ्चारमाध्यमले उल्लेख गरेका छन् ।

 

Leave A Comment