रंगशालाको मैदानमै कुटाकुट

शुक्रबार, २५ पुष २०७६, १२ : ४३ शुक्रवार
रंगशालाको मैदानमै कुटाकुट

सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा मनाङ मस्र्याङ्दी क्लब र मच्छिन्द्रका खेलाडी मैदानमै कुटाकुटमा उत्रिए। दशरथ रंगशालामा सोमबार भएको खेल २–२ मा टुंगिनै लाग्दा दुवै टिमका खेलाडी बल छाडेर एक अर्कालाई मुक्कामुक्की गर्न उत्रिए।

मुक्कामुक्की सुरु भएपछि प्रारम्भमा दुवै टिमका अन्य खेलाडीले रोक्ने प्रयास गरेका थिए। तर जोसिएका खेलाडी के मान्थे र जाइलागेको लाग्यै। अफिसियलहरुले समेत रोक्न खोजे सकेनन्। अनि प्रहरी नै फुटबल मैदानमा आएर खेलाडीलाई तितरवितर बनाउनुप-यो।

प्रतिस्पर्धात्मक खेल २–२ मा पुगेको बेलामा मच्छिन्द्रले कर्नर किक पाएपछि मैदानमा लफडा सुरु भएको थियो। खेल सकिने अन्तिमतिर पुगेको बेलामा पाएको कर्नर हान्न मच्छिन्द्रका दीपक राई जाँदाजाँदै बीचैमा फर्कन्छन्। उनको साटो रञ्जित धिमालले कर्नर आफैँ हान्ने तयारी गरे।

कर्नर खेर गएसँगै फिफा रेफ्री श्रवणकुमार तामाङले खेल सकिएको सिठी बजाएसँगै मैदानमा बल छाडेर दुवै टिमका खेलाडी आपसमा भिड्न सुरु गर्छन्।

झगडाको सुरुवात गरे मनाङका जगजित श्रेष्ठ र मच्छिन्द्रका दीपक राईले। जगजितले दीपकलाई कुहिनाले हानेर धकेलेपछि मैदान बाहिर रहेका मच्छिन्द्रका खेलाडीहरु मैदानभित्र छिरेर बबाल सुरु गरेका थिए।

मैदान बाहिरका टिमका साथीहरु मैदानमा आएपछि दीपक आक्रोशित हुन्छन्। रेफ्रीले जगजितलाई मैदान बाहिर निकाल्न खोज्छन् तर सक्दैनन्। त्यसैमा मिसिए मनाङका वैकल्पिक गोलरक्षक अशोक बराल।

रेजिन सुब्बाले उनलाई रोक्न खोज्दा उल्टै लडाउँदै अगाडि बढेपछि माहोल थप बिग्रन्छ। उनले देवेन्द्र तामाङलाई मुक्का हानेपछि देवेन्द्र पनि कुट्न लम्कन्छन्। देवेन्द्र यति आक्रामक हुन्छन् कि मनाङका पूर्व कप्तान विराज महर्जन र गोलरक्षक विशाल श्रेष्ठले रोक्नै सक्दैनन्। उनलाई मैदान बाहिर निकाल्न प्रहरी नै आउनुप¥यो। बल्ल माहोल सामान्य बन्यो।

Leave A Comment