हार्दिकको प्रेममा क्लिन बोल्ड भइन् नताशा

शुक्रबार, २५ पुष २०७६, ०१ : ०० शुक्रवार
हार्दिकको प्रेममा क्लिन बोल्ड भइन् नताशा

अहिले सामाजिक सञ्जालमा छाएका छन् भारतीय क्रिकेट टिमका अलराउन्डर हार्दिक पाण्ड्या। क्रिकेट मैदानमा देखाएको प्रदर्शनका कारण उनको चर्चा भइरहेको हैन। अहिले चर्चाको विषय हो प्रेमको मैदानमा उनले पाएको सफलता।

सामाजिक सञ्जालमा पाण्ड्या र सर्वियन अभिनेत्री नताशा स्टानकोभिक चुम्बन गरिरहेको तस्बिर सार्वजनिक भयो। तस्बिरसँगै यी दुवैले इन्गेजमेन्ट गरेको समाचारसमेत बाहिरियो। हार्दिकले औंठी दिँदै गरेको भिडियो नताशाले नै सार्वजनिक गरेपछि दुवैको इन्गेजमेन्ट भएको पुष्टी भयो। बधाईको ओइरो लाग्यो।

सर्वियन नागरिक नताशा बलिउडमा समेत सक्रिय छिन्। उनले सत्याग्रहबाट डेब्यु गरेकी थिइन्। -यापर बादशाहका म्युजिक भिडियोहरुमा समेत उनले कम्मर मर्काइन्। विग बोसको सिरिजमा देखिएकी थिइन्।

नतासा बलिउडमै सक्रिय रहेको बेलामा यी दुवैको भेट भयो र दुवै प्रेम सम्बन्धमा बाँधिए। दुवैले आ–आफ्नो परिवारका सदस्यलाई समेत सरप्राइज दिएर इन्गेजमेन्ट गरेका थिए। इन्गेजमेन्ट भए पनि दुवैको विवाह मिति भने सार्वजनिक भएको छैन।

Leave A Comment