‘ब्युटी विद ब्रेन’ बन्ने लक्ष्य

सोमबार, ३१ साउन २०७३, १० : ०७ शुक्रवार , Kathmandu
‘ब्युटी विद ब्रेन’ बन्ने लक्ष्य

प्रियारानी लामा मोडलिङ, उद्घोषण र भिजेइङ गरिरहेकी छिन् । सिरहाकी प्रियाले धरानबाट आफ्नो ग्ल्यामर करिअर सुरु गरेकी हुन् । ५.५ फिट उचाइ तथा ३४÷२८÷३५ शारीरिक बनावटकी प्रिया ‘मिस पूर्वाञ्चल २०१०’मा फस्ट रनरअप भएपछि ‘मिस नेपाल’मा समेत सहभागी भएर ‘मिस वेस्ट ब्युटिफुल कम्प्लेक्सन’ टाइटल जितिन् ।  
मिस पूर्वाञ्चलकी अफिसियल कोरियोग्राफर प्रियारानी अहिले नेपाल टेलिभिजनमा ‘सलाम कलिउड’, ‘कलिउड स्क्रिन’, ‘फेसन मन्त्र’ र ‘हेल्लो नेपाल’ नामक कार्यक्रम सञ्चालन गरिरहेकी छिन् । रियालिटी सो ‘लेट्स मी डान्स नेपाल’की होस्टसमेत रहेकी छिन् । २५ भन्दा बढी म्युजिक भिडियोमा अभिनय गरिसकेकी प्रिया काठमाडौँमा माइक्रोबायोलोजीमा एमएस्सी गरिरहेकी । उनी आफूलाई ‘ब्युटी विद ब्रेन’ साबित गर्न चाहने बताउँछिन् ।

 

Leave A Comment