साक्षीको होलिडे मुड

बिहिबार, ०२ माघ २०७६, ०१ : ०८ शुक्रवार
साक्षीको होलिडे मुड

सन् २०२० को प्रारम्भसँगै बलिउड सेलिब्रिटीहरु अहिले होलिडे मुडमा छन्। गच्छेअनुसार कोही युरोपतिर बराल्लिइरहेका छन् त कोही बैंकक र श्रीलंका पुगिरहेका छन्। मोडल साक्षी मलिक पनि अहिले नयाँ वर्षको रमाइलोमा रमाइरहेकी छन्। उनले हालै बिदा मनाइरहेको सेन्सेस्नल तस्बिरहरु सार्वजनिक गरेकी छन्।

विभिन्न ब्रान्डका एम्बेसडरसमेत रहेकी उनी इन्जिनियरिङको विद्यार्थी पनि हुन्। शौखले मोडलिङमा प्रवेश गरेकी उनी केही समयममा स्थापित हुन सफल भएकी थिइन्। ‘बम बम डिगा डिगा’ बोलको म्युजिक भिडियोबाट लाइमलाइटमा आएकी उनी अहिले पनि विभिन्न म्युजिक भिडियोहरुमा व्यस्त छिन्।

Leave A Comment