विषालु आन्टी

बिहिबार, ०२ माघ २०७६, ०१ : २४ शुक्रवार
विषालु आन्टी

नेहरु–गान्धी परिवारबारे आपत्तिजनक सामग्री पोस्ट गरेको आरोपमा न्यायिक हिरासतमा पुगेकी बलिउड नायिका पायल रोहतगी हिरासतमुक्त भएलगत्तै स्वरा भास्कर विरुद्ध उत्रिएकी छिन्।

भारतमा हालै पारित भएको नागरिकतासम्बन्धी नयाँ कानुनको विपक्षमा स्वरा खरो रुपमा उत्रिदै ‘मसँग पासपोर्ट पनि छैन, बा र हजुरबाको सम्पत्ति पनि छैन। एनआरसीमा मेरो नाम छुट्यो भने’ भन्दै टुइट गरेकी थिइन्।

उनको टुइट आएलगत्तै नागरिक कानुनका पक्षधरहरुले उनलाई ट्रोल बनाउन सक्रिय भइहाले। यस्तोमा नेहा के छुट्थिन् ! हिरासतमुक्त भएलगत्तै उनले स्वरालाई अट्याक गर्दै टुइट गरिन्, ‘स्वरासँग जन्मदर्ता छैन। पासपोर्ट पनि छैन भनेपछि उनी रोहिङ्गा मुस्लिम हुन्। उनीसँग प्रपर्टी पनि छैन। भाडाको घरमा बस्छिन्। विचरी जहरिली आन्टी !’

Leave A Comment