समर्थकको बदमासी, खेलाडीलाई जरिवाना

शनिबार, ०४ माघ २०७६, ०१ : १४ शुक्रवार
समर्थकको बदमासी, खेलाडीलाई जरिवाना

कहिलेकाहीँ खेलाडी आफ्नै कारणले मात्र कार्बाहीमा पर्दैनन्। आफ्ना समर्थकहरुले नचाहिँदो व्यवहार गरे त्यसको दण्ड पनि खेलाडीले नै पाउँछन्। यस्तै भयो लाजियोलाई यो पटक।

उनका समर्थकले रंगभेदी व्यवहार गरे तर जरिवाना उनले तिर्नुप-यो। ब्रेसियाका फरवार्ड मारियो बालोटेलीलाई उनका समर्थकहरुले रंगभेदी दुव्र्यवहार गरेपछि इटालियन सिरी ए फुटबलले उनलाई २० हजार युरो जरिवाना ग-यो।

सिरी ए अन्तर्गत आइतबार राति भएको खेलमा बालोटेलीलाई लाजियोको समर्थकले बाँदरको आवाज निकाल्दै जिस्काएका थिए। बालोटेलीले गोल गर्दै आफ्नो टिमलाई अग्रता दिलाएपछि लाजियोका समर्थकले उनलाई जातीय संकेत गर्दै जिस्काएका थिए। त्यसको दण्ड खेलाडीले पाए।

Leave A Comment