रियल मड्रिडलाई स्पेनिस सुपर कप

शनिबार, ०४ माघ २०७६, ०१ : १७ शुक्रवार
रियल मड्रिडलाई स्पेनिस सुपर कप

यस वर्षको स्पेनिस सुपर कपको उपाधि रियल मड्रिडले जितेको छ। प्रतिद्वन्द्वी एट्लेटिको मड्रिडलाई पेनाल्टी सुटआउटमा पराजित गर्दै रियलले सुपरकपको उपाधि पाएको हो। रियलले ११ औँ पटक स्पेनिस सुपर कपको उपाधि उचालेको हो।

सर्जियो रामोसको गोलसँगै रियल पेनाल्टी सुटआउटमा ४–१ ले विजयी भएको थियो। निर्धारित र अतिरिक्त समयको खेल गोलरहित बराबरीमा सकिएपछि निर्णय पेनाल्टी सुटआउटमा गएको थियो।

एट्लेटिको मड्रिडका औल निगुएज र थोमस मार्टे पेनाल्टीमा चुके। रियलले १० खेलाडीमा सीमित रहेर खेलको अन्त्य गरेको थियो।

अतिरिक्त समयमा अल्भारो मोराटालाई फल गरेपछि फेडरिको भल्भर्डे रातो कार्ड खाँदै मैदान बाहिरिएका थिए। जोआओ फिलिक्सले पहिलो हाफमा केही राम्रो अवसर पाएका थिए तर गोल गर्न सकेनन्।

रियलले दोस्रो हाफमा सुधारिएको प्रदर्शन गरेको थियो। तर सर्बियन फरवार्ड लुका जोभिकको प्रहार बतासिएको थियो।

Leave A Comment