स्वारेजको घुँडाको शल्यक्रिया

शनिबार, ०४ माघ २०७६, ०१ : २२ शुक्रवार
स्वारेजको घुँडाको शल्यक्रिया

बार्सिलोनाको फरवार्ड लुइस स्वारेजको घुँडाको शल्यक्रिया भएको छ। पछिल्लो समय दायाँ घुँडामा चोट बल्झिएपछि उनको शल्यक्रिया गरिएको हो। गत शुक्रबार स्पेनिस सुपरकपको सेमिफाइनल खेल्ने क्रममा मैदानमा पुरै समय खेलेका उनको घुँडामा समस्या देखिएपछि उनी अस्पताल पुगेका थिए। परिक्षणमा उनको घुँडाको शल्यक्रिया नै गर्नुपर्ने देखियो।

अहिले उनी निक्कै फर्ममा देखिएका थिए। चालु सिजनमा २३ खेल खेलेका उनले १४ गोल गरिसकेका छन्। तर शल्यक्रियाका कारण उनी ६ हप्ता मैदानमा फर्कन सक्ने छैनन्।

Leave A Comment