इरानी खेलाडीले देश छाड्ने

शनिबार, ०४ माघ २०७६, ०१ : ४० शुक्रवार
इरानी खेलाडीले देश छाड्ने

रियो ओलम्पिक प्रतियोगितामा मेडल जितेकी एक मात्र इरानकी महिला ओलम्पियन किमिया अलिजादेहले देश छाड्ने घोषणा गरेकी छन्। उनले सामाजिक सञ्जालमा लेखेर आफू इरानमा बस्न नचाहेको घोषणा गरेकी हुन्।

उनी अहिले कहाँ छिन्, खुलेको भने छैन। उनी तालिमका क्रममा नेदरल्यान्डमा हुनसक्ने आँकलन मात्र गरिएको छ। उनले देश छाड्नुको कारण महिलाप्रति अनुदार सरकारी नीतिलाई औँल्याएकी छन्।

उनले लेखिन्, ‘इरानमा प्रताडित लाखौं महिलाहरुमध्ये म पनि एक हुँ। म पाखण्ड, झूट, अन्याय र चाप्लुसीको हिस्सा बन्न चाहन्नँ।’

एक सय ७६ जना यात्रु बोकेको युक्रेनको विमानलाई इरानी सेनाले रकेट प्रहार गरेर खसालेको खुलेपछि अहिले त्यसको विरोधमा इरानमा सरकारविरुद्ध प्रदर्शन भइरहेको छ। इरानको आक्रमणबाट युक्रेनको विमानमा सवार चालक दलका नौ सदस्यसहित एक सय ७६ जनाको ज्यान गएको थियो।

Leave A Comment