बिरालाप्रेमी किन चर्च जाँदैनन् !

सोमबार, ०६ माघ २०७६, १२ : २४ शुक्रवार
बिरालाप्रेमी किन चर्च जाँदैनन् !

हिजोआज भगवानको अवतार बिरालाले लिन थालेको छ। पत्याउनु भएन ? एक शोधले भन्छ, ‘बिरालो पाल्ने व्यक्तिहरु चर्च जान रुचाउँदैनन्।’

सामान्यतः कुनै जनावर पाल्नेहरु कुनै न कुनै धर्ममा विश्वास राख्छन् तर बिरालो पाल्नेहरु भने आफूलाई कुनै पनि धर्मसँग आबद्ध नरहेको विश्वास गर्छन्। बिराला पालकहरुको व्यस्तता अलि बढी नै हुने भएकाले पनि उनीहरु चर्च जान नभ्याएको अनुसन्धानले देखाएको हो।

दुई हजारभन्दा बढी अमेरिकीहरुमाझ गरिएको सर्भेमा दुई वा दुईभन्दा बढी जनावर पाल्नेहरु र खासगरी बिरालो पाल्नेहरु कमै चर्च जाने गरेका छन्। त्यसको साटो बरु एउटासम्म बिरालो पाल्नेहरु चर्च जाने गरेको पाइएको छ। 

जनावर पाल्नेहरुमध्ये बिरालो पाल्नेहरु बढी नै धर्मप्रति नकारात्मक धारणा पाल्ने गरेकोसमेत सर्भेमा देखिएको छ। जो नियमित चर्च जान्छ, उनीहरुसँग निकै कम जनावर पाल्ने गरेको देखिएको छ।

‘अहिलेलाई बिरालो नै भगवान्को प्रतिस्थापक बनेको देखिएको छ,’ अध्ययनमा संलग्न ओक्लाहामा विश्वविद्यालयका प्राध्यापक स्यामुअल पेरी भन्छन्, ‘त्यस्ता अविश्वासीहरु खाली आफ्नै घरेलु जनावरका बारेमा बढी कुरा गर्न रुचाउने किसिमका छन्। जब उनीहरुलाई चर्च जाने कुरा ग¥यौँ, तिनीहरु रिसाएर उधुम गरे। फेरि बिरालाहरु निकै शान्त हुन्छन्, भगवान् जत्तिकै उनीहरु पनि हरबखत ध्यानमग्न देखिन्छन्।’

जनावरमा बढी आशक्ति देखाउनेहरु भने मानिसहरुबीच अन्तरक्रिया गर्न कम रुचाउने पनि देखिएको प्राध्यापक पेरी बताउँछन्। जो भगवान्प्रति आस्थावान् छ, ऊ भने सामाजिक क्रियाकलापमा बढी नै सक्रिय भएको देखिएको छ।

Leave A Comment