मेगन र ह्यारीले छाडे दरबार

बिहिबार, ०९ माघ २०७६, १० : ५५ शुक्रवार
मेगन र ह्यारीले छाडे दरबार

मेगन मर्केल हलिउडकी एक प्रख्यात कलाकार हुन्। उनको सौन्दर्यबाट मुग्ध भएर बेलायती राजकुमार ह्यारीले उनलाई आफ्नो दुलही बनाएका थिए तर दरबारमा मेगनको मन अडिएन। त्यसैले यो जोडी नयाँ सन्तान जन्मनेबित्तिकै क्यानडा बसाइँ सर्ने अन्तिम निर्णयमा पुगेको छ।

मेगनको यस निर्णयसँगै बेलायतमा भने भुइँचालो नै गएको छ। धेरैले मेगनले ह्यारीलाई बसाइँ सर्न मनाएकामा चित्त कुँडाएका छन्।

सर्वसाधारणले त चित्त दुखाए नै दरबारभित्रकी महारानी एलिजाबेथ द्वितीयाले पनि चित्त कुँडाएकी छन्। महारानीका प्रिय ‘राजकुमार’ पदवि त्यागेर देशै छाड्ने कुरामा सहमत छैनन्।
मेगनले भने आफ्नो भर्खरै जन्मिएको छोराको भविष्यका लागि यो निर्णय उचित रहने बताउँदै आएकी छन्।

Leave A Comment