सेलिब्रिटी सन्तानका उदेक नाम

बिहिबार, ०९ माघ २०७६, ११ : ०४ शुक्रवार
सेलिब्रिटी सन्तानका उदेक नाम

बरु सन्तान जन्माउनु सजिलो होला तर तिनको नाउँ राख्नु गाह्रो ! झन् सेलिब्रिटीका लागि त यो बडो टाउको दुखाइको विषय बन्ने गर्छ। हालै हलिउड गसिप वेबसाइटले आफ्ना सेलिब्रिटीहरुले सन्तानको नाम राख्न गरेको मिहिनेत र तिनका अनौठा नामबारे लेखेको थियो।

नाम पनि उदेक लाग्दो नै छ ! एप्पल, नर्थदेखि स्पर्जनसम्म नाउँ राखिएका छन्। अलि फरक नाम भने ओभी देखिएको छ। (हलिउडियाका लागि !)

सबैभन्दा उदेक नाम चाहिँ नर्थ वेस्ट राखिएको छ। नर्थ बाई नर्थ वेस्ट टिभी सिरिज हिट भइरहेका बेला नर्थ वेस्ट नाम राख्नु उचित भएको तिनका पिता केनले दाबी गरेका छन्।

यस्तै डेभिड डुकोभ्नीले आफ्नो छोराको नाउँ किड राखेका छन्। त्यस्तै चर्चित नायक निकोलस केजले एउटा छोराको नाउँ कल–एल केज राखेका छन्। त्यस्तै अर्का कलाकार जेसा डुगर र बेन सिवाल्डले छोराको नाउँ स्पर्जन राखेका छन्।

अवतार फिल्मका स्याम वर्थिङ्टनले आफ्नो सन्तानको नाउँ रकेट जोट राखेका छन्। भविष्यमा रकेट उडाउने अपेक्षा यिनको हुनसक्छ !

कोर्टनी कादरसियन र स्कट डिसिकले तिनका दुई सन्तानको नाम मेसन र पेनेलप राखेर सामान्य बनाउने प्रयास गरे पनि तेस्रो सन्तानको नाम भने रेइन एस्टन डिसिक जस्तो लामो नाम छनोट गरेका छन्।

रोचक नाउँ त मोडल निया एमेले राखेकी छन्। उनले आफ्नो छोराको नाउँ रोयल्टी राखेर सबैसँग रोयल्टी असुल्ने दाउ पो गरेकी हुन् कि ! अर्को उदेक नाउँ चाहिँ स्नो् फिल्मोन डट कम कोजार्ट छ। किथ कोजार्ट र -यापर चिफ किफले आफ्नो सन्तानको यति लामो नाम राखेका हुन्।

चर्चित अभिनेत्री गिनिथ पाल्ट्रो र क्रिस मार्टिनले आफ्नी छोरीको नाउँ एप्पल राखेका छन्। यस्ता उदाहरण त अनेक छन्, अहिलेलाई यत्ति !!

Leave A Comment