कार्दसियन फकाउने कला

बिहिबार, ०९ माघ २०७६, १२ : १९ शुक्रवार
कार्दसियन फकाउने कला

३५ वर्षे रियालिटी स्टार कोल कार्दसियनले आफ्नो एक वर्षे सन्तान ट्रु थम्सनका पिता ट्रिसन थम्सनलाई लात हानेर घरबाट निकालेको केही महिना भयो। ननिकालुन् पनि किन ? २८ वर्षे ट्रिसनले ३५ वर्षे कार्दसियनलाई लुकिछिपी धोका दिइरहेका थिए। उनले जोर्डिन वुड्स नामक २२ वर्षीया बालालाई घुमाइरहेको चाल पाएपछि उनले लोग्ने भनेर सहने कुरा पनि भएन।

त्यसो त यसको पीडाले उनी केही समयसम्म आफ्नो व्यापारमा ध्यान दिनै सकेकी थिइनन्। सधैँ पीडामा रहेर पनि भएन ! त्यसैले उनले अब आफ्नो रियालिटी सो र बिजनेसमा ध्यान दिने भन्दै चर्चा चलाउन थालेकी छन् र सामाजिक सञ्जालमा टिप्पणी पनि लेख्न थालेकी छन्।
हो नि ! सधैँ दुःख मानेर मात्र कहाँ हुन्छ र ? यत्रो लामो जिन्दगीमा किन अड्किने ?

Leave A Comment