ऋचा चढ्ढाका प्रेमी

बिहिबार, ०९ माघ २०७६, १२ : ४३ शुक्रवार
ऋचा चढ्ढाका प्रेमी

बलिउड अभिनेत्री ऋचा चढ्ढा चाँडै नै ‘अश्विनी ऐयर्स पंगा’मा देखिने भएकी छन्। उनी फिल्ममा मेन्टरको भूमिकामा छिन्। यसको काम हुँदै गर्दा कसैले उनलाई सोधेको थियो, ‘ब्या कैले गर्नी ?’

बिहेको यो प्रश्नमा भने उनी रिसाइनन्। खासमा अरु कोही भए त बम्किन्थे पनि होला तर ऋचाले त्यस्तो कुनै प्रतिक्रिया दिइनन्, बरु मुसुक्क मुस्कुराउँदै अहिले त आफू डिजिटल सोहरुमा व्यस्त रहेको र त्यसले बिहेको मौसममा पनि बिहे नजुरेको प्रतिक्रिया दिइन्।

बलिउडमा उनको ब्वाइफ्रेन्डका रुपमा अलि फैजलको नाम लिने गरिन्छ। ‘फुक्रे’ फिल्मको सेटमा यी दुईबीच भेट भएपछि प्रेममा परेको बताइन्छ। उनले पनि सोही कुरालाई इंगित गरेर भनिन्, ‘व्यस्तता कम हुनेबित्तिकै एउटा सफल वैवाहिक जीवन बिताउन चाहन्छु।’
भनेपछि मियाबिबी राजी तो क्या करेका काजी !

Leave A Comment