साढे १२ फिटको लिंग

सोमबार, ३१ साउन २०७३, १२ : २२ शुक्रवार , Kathmandu
साढे १२ फिटको लिंग

यौन खेलौना उत्पादन गर्ने एक अमेरिकी कम्पनीले साढे १२ फिट लामो लिंगको प्रतिमा बनाएको छ । अमेरिकी राज्य क्यालिफोर्नियामा रहेको प्रख्यात सेक्स टोय उत्पादक कम्पनी पाइपड्रिम प्रोडक्टले यसलाई बनाएको हो । कम्पनीका प्रमुख निक ओर्लान्डिनोले संसारकै ठूलो लिंग बनाउन आफैँ अग्रसरता लिएपछि १२ फिट ४ इन्च उचाइको लिंग निर्माण गरिएको हो । लिंगसँगै अण्डकोषसमेत निर्माण गरिएको छ । लिंगको बीचतिरका भागमा नशाका रेखासमेत कोरेर यसलाई जीवन्त बनाउने प्रयास गरिएको छ ।
लिंग निर्माण सम्पन्न भए पनि यसलाई कहाँ राख्ने भन्ने निधो भएको छैन । कम्पनीले उत्पादन गर्ने सेक्स टोयको प्रचारप्रसारका लागि कम्पनीले लिंग निर्माण गरेको बताइएको छ । कम्पनीले सोचेजस्तै संसारकै ठूलो लिंग निर्माण भएपछि विभिन्न देशमा यसबारे समाचार प्रकाशित भएका छन्, जसले गर्दा कम्पनीका उत्पादनको संसारभरि विज्ञापन हुन पुगेको छ ।

 

Leave A Comment