प्लेन चढ्नुअघि गर्भाधान परीक्षण !

सोमबार, १३ माघ २०७६, ०१ : ०० शुक्रवार
प्लेन चढ्नुअघि गर्भाधान परीक्षण !

हङकङको विमानस्थलमा मिदोरी निशिदा प्लेन चढ्न ठिक्क परेकी थिइन्। उनलाई बाहिरै सोधिएको थियो, ‘तपाईं गर्भवती हुनुहुन्छ ?’

जवाफमा मिदोरीले छैन भनेकी थिइन् तर प्लेन चढेपछि एक्सप्रेस एयरवेजकी परिचारिकले उनलाई एउटा कुनामा लगिन् र गर्भवती भए/नभएको परीक्षण गर्न एउटा किट दिँदै जाँचेर आउनूस् भनिन्।

अमेरिकाको एउटा भागका रुपमा चिनिने नर्दन मारियाना आइल्यान्डहरुमध्ये एक सैपान जान लागेकी मिदोरीले त्यो परीक्षण पनि पार गरिन्।

उनले किट दिँदै आफू गर्भवती नभएको प्रमाण पु-याइन्। जब मिदोरीले आफूमाथि भएको दुर्व्यवहारबारे बोलिन्, त्यसपछि एक्सप्रेस एयरवेजको चर्को आलोचना हुन थालेको छ। एयरवेजले पनि आफ्नोतर्फबाट भएको गल्तीका लागि क्षमायाचना गरेको छ।

पछिल्लो समय गर्भवती महिलाहरु सैपान जाने, सन्तान जन्माउने र गाउँ फर्कने क्रम तीव्र गतिमा बढेपछि विमान कम्पनीहरुले कडाई गर्न थालेको केहीको धारणा छ।

२५ वर्षे मिदोरीले यस किसिमको व्यवहार ‘ज्यादै अपमानजनक र दिक्कलाग्दो भएको’ प्रतिक्रिया दिएकी थिइन्। उनले विमान कम्पनीलाई गुनासोसमेत गरेकी थिइन्।

कम्पनीले पछि उनीसँग औपचारिक रुपमै माफी मागेको छ। ‘हामीले तुरुन्तै यस्तो व्यवहारलाई बन्द गरिकसेका छौँ, अपमानित महसुस गर्नेसँग हामी क्षमायाचना गर्दछौँ,’ विमान कम्पनीले एबिसी टेलिभिजनसँग भनेको छ।

Leave A Comment