सपिङसेन्टरमा मौरीको हमला

बुधबार, ०१ भदौ २०७३, ०९ : ४३ शुक्रवार , Kathmandu
सपिङसेन्टरमा मौरीको हमला

अमेरिकी राज्य ओक्लाहोमाको राजधानी ओक्लाहोमा सिटीको एउटा सपिङ सेन्टरमा मौरीहरूले हमला गरेका छन् । वाल–मार्टमा मौरीको समूहले हमला गरेपछि तीनजना गम्भीर घाइते भएका छन् ।
सपिङ सेन्टरको पार्किङ लटलाई केन्द्र बनाएर ३० देखि ६० हजार मौरीले एकसाथ हमला गरेको समाचारमा जनाइएको छ ।
‘सोही क्षेत्रमा एक व्यापारीले मौरीको घार बेच्न भनेर ल्याएका थिए । खरिदकर्तालाई देखाउने क्रममा मौरीहरू घारबाट फुत्किए र पार्किङ लटतिर गए । मौरीले धेरैलाई टोके पनि तीन जनालाई चाहिँ अस्पताल भर्ना हुनेगरी टोकेका छन्,’ समाचारमा भनिएको छ ।

Leave A Comment