दीपिकाको भाग खोसेपछि...

बिहिबार, १६ माघ २०७६, ०१ : २० शुक्रवार
दीपिकाको भाग खोसेपछि...

‘प्यार का पञ्चनामा’ र ‘सोनी के टिट्टु की स्विटी’जस्ता फिल्मका निर्देशक लभ रञ्जनमाथि एक अभिनेत्रीले यौन दुर्व्यवहारको आरोप लगाएकी थिइन्। आरोपलगत्तै फिल्म उद्योगका केही अभिनेत्रीहरुले उनी निर्देशित फिल्ममा काम गर्नु हुन्न भन्ने हल्ला मच्चाइहाले।

यही मेसोमा दीपिका पादुकोण पनि उनको फिल्मको वहिष्कार गरिनुपर्छ भन्ने आवाज उठाउने मध्येकी एक थिइन्। दुव्र्यवहार सहनु हुन्न भन्ने उनको मान्यता थियो।

तिनै निर्देशकले दनादन हिट फिल्म दिएपछि उनको पछि लाग्नेको लर्को लागिहाल्यो। तर निर्देशक रञ्जनले आफ्नो नयाँ फिल्मका लागि दीपिका उत्कृष्ट अभिनेत्री साबित हुने भन्दै फिल्मका लागि अफर गरे तर उनले मानिनन्।

अब त्यो भूमिका श्रद्धा कपुरको भागमा पर्ने भएको छ। उनले आफूलाई विवादभन्दा पनि काम मनपर्ने हुनाले रञ्जनको फिल्ममा आफू सहभागी हुने बताएर सबैलाई चकित पारिदिएकी छन्।

हुन पनि आफूलाई नपरुञ्जेल मात्र हो, परेपछि त्यसको पीडा आफूलाई बाहेक अरुलाई हुन्न के रे ! तर जति बुद्धिमता दीपिकाले देखाइन्, त्यति श्रद्धाले पनि देखाउन सकेको भए, भविष्यमा उनले करियर हेर्दा शान्तिको सास फेर्ने थिइन्।

Leave A Comment