काइलीको धम्कीपूर्ण पोस्ट

बिहिबार, १६ माघ २०७६, ०१ : ५९ शुक्रवार
काइलीको धम्कीपूर्ण पोस्ट

फेसन उद्योगका सबैभन्दा प्रभावशाली महिलाको रुपमा स्थापित काइली हाल एकल आमाको रुपमा सीमित छन्। ट्राभिस स्कटसँगको सम्बन्ध दिगो हुन सकेन। सम्बन्ध बिग्रिए पनि रमाइलो गर्न भने छाडेकी छैनन्। नयाँ वर्ष इभ मनाउने क्रममा उनी एउटा अपरिचित व्यक्तिसँग देखा परिन्। उनलाई  प्रशंसकहरुले त्यस व्यक्तिका बारेमा सोधेरै हैरान पारे। यस्तोमा उनले सामाजिक सञ्जालमार्फत छोरीसँगको फोटो क्यापसनसहित पोस्ट गरेर स्पष्ट संदेश दिइन्। क्यपसन थियो, ‘म र मेरी छोरीसँग कहिल्यै पनि नबोल्नू।’

यस पोस्टले उनी आफ्नै अनुयायीहरुबाट आजित रहेको र आफ्नो जीवनबाट अनुयायीहरुलाई अलग गर्न चाहेको प्रस्ट्याउँछ। साँच्चै काइली निराश भएकै हुन् त ? सन् २०१४ तिर सामाजिक सञ्जालमा एउटा मेम निकै भाइरल भएको थियो। त्यस मेममा एउटा ठूलो जनावर र अर्को सानो तर उही जनावर जस्तै फोटो थियो। अनि त्यहाँ एउटा क्यापसन थियो, ‘म र मेरो छोरासँग कहिल्यै पनि नबोल्नू।’

अब काइलीको पोस्टलाई धम्कीपूर्ण संदेश मान्ने कि मेमबाट प्रभावित भई गरिएको कपीपेस्ट मान्ने? बडो दुविधामा पर्ने भए प्रशंसकहरु पनि।

Leave A Comment