क्रेजी केन वेस्ट

बिहिबार, १६ माघ २०७६, ०२ : ११ शुक्रवार
क्रेजी केन वेस्ट

हरेक पुरुष आफ्नो श्रीमतीलाई खुसी र आश्चर्यचकित पार्न अनेकन क्रेजी काम गर्छन्। यस मामिलामा अमेरिकी -यापर सबैभन्दा अगाडि देखिए। उनले श्रीमती किम कार्दसियनलाई सुरक्षा स्थान निर्माणको योजना उपहार दिए। सो योजनालाई वास्तविकतामा परिणत गर्न पन्ध्र मिलियन अमेरिकी डलर खर्च गर्ने प्रतिबद्धतासमेत जनाए।

खासमा जसै इरानसँग अमेरिकाको युद्ध चर्कने सम्भावना बढेर गयो, अन्य सर्वसाधारणजस्तै सेलिब्रिटी किमलाई पनि स्वाभाविक रुपमा आफ्नो परिवारको चिन्ता ह्वात्तै बढ्यो। यस्तोमा श्रीमतीलाई सान्त्वना दिन उनले यो योजना अघि सारेर पत्नी फकाउन सफल पनि भए।

कुनै युद्ध भए, प्राकृतिक प्रलय आए आफ्नो परिवारलाई बचाउनु त्यस सुरक्षा स्थानको मुख्य प्रयोजन हुनेछ। वाह ! श्रीमान् होऊन् त केन वेस्ट जस्तो।

Leave A Comment