होसै उडाउने झोलाको मूल्य

बिहिबार, १६ माघ २०७६, ०२ : १९ शुक्रवार
होसै उडाउने झोलाको मूल्य

सेलिब्रेटीले अनुशरण गर्ने फेसन, उनीहरुले प्रयोग गर्ने भौतिक चिजबिजको चासो हरकोहीलाई हुने गर्छ। फेसनको मामिलामा बलिउडको बेबो यानि करिना कपुर खान निकै अगाडि छन्। हालसालै उनी परिवारसँग दस दिने होलिडे मनाएर स्वदेश फर्कने क्रममा मुम्बई विमानस्थलमा देखा परिन्। साथमा सैफ अली खान र छोरा तैमुर अली खान पनि थिए। यद्यपि अधिकांशको ध्यान भने करिनाको नयाँ झोलामा गयो। नजाओस् पनि कसरी ? झोलाको मूल्य ट्याग हटाइएको थिएन र सो मूल्य हेर्दा सबैको होस उडाउने खालको जो थियो।

बलिउड लाइफ डटकमअनुसार हर्मिज बर्किन ब्रान्डको उक्त झोलाको मूल्य १३,३१,७९४ भारु हुन आउँछ। छैन त होस उडाउने खालको ? मूल्य ट्यागसहितको झोला भिर्नुलाई फेसन सेन्स भएको मान्न सकिँदैन। यस्तोमा करिनाले हतारमा ट्याग हटाउन भुलिन् या बिहेपछि उनको फेसन सेन्स हराउँदै गएको हो उनी नै जानून्।

Leave A Comment