अलराउन्डर स्मिथले इपीएलमा खेल्ने

शनिबार, १८ माघ २०७६, ०१ : ४८ शुक्रवार
अलराउन्डर स्मिथले इपीएलमा खेल्ने

चैत पहिलो साता आयोजना हुने एभरेस्ट प्रिमियर लिग (इपीएल) खेल्न वेस्ट इन्डिजका अलराउन्डर ड्वाने स्मिथ नेपाल आउने भएका छन्।

भैरहवा ग्लाडियटर्सले शनिबार प्रेस विज्ञप्ति जारी गर्दै  स्मिथले आफ्नो क्लबबाट यस सिजनको इपीएल ट्वान्टी–२० क्रिकेट खेल्न आउने जनाएको छ । ३६ वर्षे स्मिथलाई भैरहवाले आइकनिक खेलाडीका रूपमा अनुबन्धन गरेको जारी विज्ञप्तिमा उल्लेख गरेको छ। यद्यपि अनुबन्धन रकम भने खुलाएको छैन। उनले शरद भेषावकर कप्तान रहेको टिम भैरहवाबाट स्मिथ खेल्नेछन्। स्मिथले आफू नेपाल आउन आतुर रहेकोे भिडियो सन्देशमा बताएका छन्।

‘म भैरहवा ग्लाडियटर्सबाट खेल्दै छु। नेपाल र नेपालको सुन्दरताबारे सुनेको छु । त्यसैले म नेपाल जान आतुर छु,’ नमस्ते नेपाल भन्दै नेपाली समर्थहरूलाई सम्बोधन गर्दै स्मिथले भनेका छन्।

स्मिथले वेस्ट इन्डिजबाट १० टेस्ट, १ सय ५ एक दिवसीय र ३३ ट्वान्टी–२० खेल खेलेका छन्। भारतीय चर्चित फ्रेन्चाइज लिग इन्डियन प्रिमियर लिग (आइपीएल) को टिम चेन्नेई सुपर किंग्सबाट खेलेका छन्। चौथो संस्करणको इपीएल चैत १ देखि १५ गतेसम्म काठमाडौंमा आयोजना हुँदै छ।

काठमाडौं–श्रीलंकाका ओपनर ब्याट्सम्यान उपुल थरंगाले ललितपुर प्याट्रियोटस्बाट चौंथो संस्करणको एभरेष्ट प्रिमियर लिग (इपीएल) क्रिकेट खेल्ने भएका छन्। ललितपुरले एक विज्ञप्त्ति जारी गर्दै थरांगाले खेल्ने पुष्टी गरेको हो।

उपुलले ललितपुरबाट यस संस्करणको इपीएल खेल्ने पक्का भएको छ। हामी २३ गते सबै खेलाडीबारे सार्वजनिक गर्ने छौँ,’ ललितपुरले जारी गरेको विज्ञप्त्तिमा भनिएको छ, हामी अरु विदेशी खेलाडी भित्र्याउने प्रयासमा छौं।
३४ वर्षीय थरंगाले श्रीलंकाबाट ३१ टेस्ट २ सय ३५ एक दिवसीय र २६ ट्वान्टी–२० खेलेका छन्।

Leave A Comment