ट्वान्टी–२० विश्वकप क्रिकेट २०२१: नेपालले सोझै ग्लोबल क्वालिफायर खेल्ने

शनिबार, १८ माघ २०७६, ०१ : ५७ शुक्रवार
ट्वान्टी–२० विश्वकप क्रिकेट २०२१: नेपालले सोझै ग्लोबल क्वालिफायर खेल्ने

नेपालले सन् २०२१ मा भारतमा आयोजना हुने आइसिसी ट्वान्टी–२० विश्वकप क्रिकेटका लागि सोझै ग्लोबल क्वालिफायर खेल्ने भएको छ।

अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) ले बिहीबार प्रतियोगिताको छनोट प्रक्रिया पुष्टि गरेको हो। आइसिसीले बिहीबार प्रेस विज्ञप्ति जारी गर्दै सन् २०२० जनवरी १ सम्म उत्कृष्ट वरियतामा रहेका नेपालसहित जिम्बाबे, हङकङ र युएई गरी उत्कृष्ट ४ टोलीलाई ग्लोबल क्वालिफायर खेल्ने अवसर दिएको हो। नेपाल विश्व ट्वान्टी–२० वरियताको १२ औं स्थानमा छ भने जिम्बाबे ११ औं, युएई १५ औं र हङकङ २० औं स्थानमा रहेका छन्।

यसै वर्ष अस्ट्रेलियामा हुने ट्वान्टी–२० विश्वकपको अन्तिम ४ स्थानमा रहने टोलीले पनि ग्लोबल क्वालिफायर खेल्नेछन्।

‘आइसिसीको क्षेत्रीय छनोटमा सहभागी हुने कुल १६ टोलीलाई दुई समूहमा विभाजन गरी प्रतिस्पर्धा गराइनेछ,’ आइसिसीले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘जसअनुसार दुवै समूहका शीर्ष दुई टोली स्वतः विश्वकपका लागि छनोट हुनेछन्। यसै वर्षको अस्ट्रेलिया विश्वकपका शीर्ष १२ टोली पनि २०२१ को भारत विश्वकपमा स्वतः स्थान बनाउनेछन् ।’

Leave A Comment