पिज्जा दिनुअघि थुक्ने पक्राउ

मङ्गलबार, २१ माघ २०७६, ११ : ५१ शुक्रवार
पिज्जा दिनुअघि थुक्ने पक्राउ

१८ वर्षदेखि निरन्तर सहरका कुना कन्दरा र बिल्डिङका कोठाचोटामा पिज्जा पु-याइरहेका एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ। प्रहरीको भनाइ छ, यी व्यक्तिले हरेक पटक पिज्जा दिनुअघि पिज्जामा थुक्ने गरेका थिए।

सन् २०१७ मा टर्कीको एस्किसेर शहरको मध्यभागमा रहेको एउटा अपार्टमेन्ट ब्लकको सिसिटिभी क्यामेराले पिज्जा दिनुअघि थुकेको दृश्य कैद भएपछि उनीमाथि कार्बाही गर्नका लागि एक ग्राहकले मुद्दा दायर गरेका थिए।

एस बुराक नामक ती व्यक्तिले आफूले थुकेका फुटेजहरु मोबाइलमा समेत खिच्ने गरेका थिए। त्यसरी थुक्नु पछाडिको उद्देश्य के थियो भन्ने चाहिँ अज्ञात छ।

सोही बेला उनलाई प्रहरीले पक्रेर ४ हजार लिरा जरिवाना तिराइएको थियो। उनलाई विषाक्त खाना बाँडेको आरोपमा सो जरिवाना तिराइएको थियो।

Leave A Comment