डोली पार्टनको च्यालेन्ज

बुधबार, २२ माघ २०७६, ०१ : २२ शुक्रवार
डोली पार्टनको च्यालेन्ज

सामाजिक सञ्जालमा नयाँ–नयाँ मिम भाइरल हुने क्रम चलिरहन्छ। यस्तोमा हिजोआज सामाजिक सञ्जालमा एउटा मिम भाइरल छ। यस मिममा कुनै एक व्यक्तिको फोटो लिङ्कडइन, फेसबुक, इन्स्टाग्राम र टिन्डरमा कस्तो देखिन्छ, त्यो रुप प्रस्तुत गरिन्छ। आखिर यो कसरी सुरु भयो ? यसलाई के भनिन्छ ?

अमेरिकी गायिका डोली पार्टनले आफ्नो चारवटा रुप लिङ्कडइन, फेसबुक, इन्स्टाग्राम र टिन्डरले प्रस्तुत गर्ने फोटो सामाजिक सञ्जालमा पोस्ट गरेकी थिइन्। उनलाई लिङ्कइनले प्रोफेसनल देखाएको थियो भने टिन्डरले सुपर सेक्सी प्लेब्वाई कस्ट्युममा प्रस्तुत गरेको थियो। यो फोटोलाई एलेन डिजेनेरेश, विल स्मिथ, मिली साइरसलगायत अरु हलिउड सेलिब्रेटीले मन पराए र सोही कुरा अनुशरण गरे। यो क्रम बलिउड सेलिब्रेटीले पनि अनुशरण गरे। अन्ततः यो ‘डोली पार्टन च्यालेन्ज’को रुपमा स्थापित हुन गयो।

Leave A Comment