कमेडियनको लज्जास्पद हर्कत

बुधबार, २२ माघ २०७६, ०१ : ३० शुक्रवार
कमेडियनको लज्जास्पद हर्कत

कमेडी शो गर्न त्यति सजिलो छैन। कहिलेकाहीँ अनपेक्षित परिस्थितिको सामना गर्नुपर्ने हुन्छ। हँसाउने उद्देश्यका साथ केही भनिए पनि स्वयं आफू लज्जित हुनुपर्ने अवस्था सिर्जना नहोला भन्न सकिन्न। यो हर कोही कमेडियनमा लागू हुन्छ, जसबाट अमेरिकी कमेडीएन पिट होल्म्स पनि अछुतो रहन सकेनन्। पिट जनवरी २४ मा कोनन ओ ब्राइनको टक शो कार्यक्रममा उपस्थित थिए। त्यस कार्यक्रममा अन्तरक्रियाका दौरान उनले स्ट्यान्ड अप कमेडी गर्दा भोग्नु परेका नमीठा र लज्जास्पद क्षणबारे बोलेका थिए।

पिट एउटा कमेडी शो कार्यक्रमको स्टेजमा उभिएर आफ्नो प्रस्तुति दिँदै थिए। यस्तोमा कार्यक्रमको अगाडि बसेका दुईजना आकर्षक महिलाले ध्यान खिँचे। ती दुई महिला कार्यक्रम अवधिभर हाँस्ने, कानेखुसी गर्ने र अनावश्यक रुपमा चलमलाउने गरेको पाए। कार्यक्रममा उपस्थित अधिकांश मानिसको ध्यान पनि तिनै दुई महिलाप्रति थियो। यसले उनको प्रस्तुतिलाई नकारात्मक प्रभाव पा-यो।

पिटले ती दुई महिलालाई आफूले सम्पूर्ण गतिविधि नोटिस गरेको जानकारी दिए। त्यसैले शान्तिपूर्ण बस्न र प्रस्तुतिमा अवरोध नगर्न अनुरोध गरे। कयौँ पटक आग्रह गर्दा पनि अवस्था सामान्य रहेन। यसर्थ उनले ती दुई महिलालाई भनिदिए, ‘सट् दि फक अफ !’

यति मात्र होइन, पिटले ती दुवै महिलालाई आफूले हेर्न नचाहेको भनी पर्दाले छोपिदिए। यस हर्कतले दर्शकमाझ हाँसो उत्पन्न गराउने अपेक्षा राखेका थिए तर कार्यक्रम स्थल पूरै शान्त भयो। उनले कार्यक्रमपश्चात् ती दुई महिलामध्ये एकजना बाराक ओबामाको छोरी मालिया ओबामा रहेको र अर्की उनकी साथी रहेको जानकारी पाए। त्यसपछि त पिट लाजले भुतुक्कै भए।

Leave A Comment