संगीतकारको कसम

बिहिबार, २३ माघ २०७६, ११ : ४१ शुक्रवार
संगीतकारको कसम

हिमेश रेशमिया बलिउडका एक चल्तीका संगीतकार हुन्। उनलाई अहिलेको स्थानमा आइपुग्न सलमान खानको ठूलो भूमिका छ। कुनै कामको सिलसिलामा उनले सलमानलाई भेट्ने अवसर पाएका थिए। सोही भेटलगत्तै उनले सलमानको चलचित्रमा संगीत भर्ने जिम्मेवारी पाए। कुनै निर्माताले विश्वास नगरेको अवस्थामा उनका लागि यो एउटा ठूलो ब्रेक थियो। यही कारण हिमेश सलमानप्रति सधैँ कृतज्ञ रहन्छन्। हालै एउटा म्युजिक र च्याट सो कार्यक्रममा आफूले सलमानको चलचित्रमा मात्रै संगीत दिने कसम खाएको खुलाएका थिए। किन यस्तो कसम त भन्ने प्रश्नमा उनले भने, ‘मभन्दा धेरै क्षमतावान् संगीतकार छन्, उनीहरुले अवसर पाउनुपर्छ। म भने सलमानकै फिल्म गरेरै भए पनि सन्तुष्ट हुन सक्छ।’

Leave A Comment