विक्की र क्याटको खिचडी ?

बिहिबार, २३ माघ २०७६, ११ : ४९ शुक्रवार
विक्की र क्याटको खिचडी ?

सेलिब्रेटीहरुबीचको प्रेम सम्बन्धबारे फ्यानहरुमा अत्यधिक चासो र चर्चाको विषय हुने गर्छ। त्यसमाथि बलिउडमा झन् अलि बढी नै हुने गर्छ। बलिउडमा सेलिब्रेटीहरुबीच प्रेम सम्बन्ध सुरु हुने र टुट्ने क्रम चलिरहन्छ। यस्तोमा पछिल्लो समय विक्की कौशल र क्याट्रिना कैफबीच सुरु भएको प्रेम प्रसंगको हल्लाले बलिउड तातेको छ। के यो हल्ला मात्र हो त ? आखिर उनीहरुबीच के पाक्दै छ ? हावा नचली पात कहाँ हल्लिन्छ र ! यो सबै करण जोहरको च्याट सो ‘कफी विथ करण’ बाट सुरु भएको थियो। कार्यक्रममा क्याट्रिनाले विक्की कौशलसँग काम गर्न चाहेको इच्छा खुलाएकी थिइन्। त्यसलगत्तै विक्की र क्याट्रिना प्रेममा रहेको अनुमान गर्न थालियो। यति मात्र होइन, यी दुई विभिन्न पार्टी, कार्यक्रममा पनि एकसाथ देखिन्छन्। दुवैजनाको कार्य व्यस्तताका बाबजुद पनि एकअर्कालाई समय दिन भ्याउनु भनेको उनीहरुबीच केही त छ भन्ने संकेत गर्छ। विक्की निकट स्रोतले पनि दुईजना एकसाथ समय बिताउन लालायित हुने पुष्टि गर्छ। बलिउडको यस नयाँ लभबर्डलाई फ्यानहरुले ‘विक–क्याट’को नाम पनि दिइसकेका छन्।

Leave A Comment