जन्मदिनको उपहार

बिहिबार, २३ माघ २०७६, ११ : ५९ शुक्रवार
जन्मदिनको उपहार

बलिउड अभिनेता चलचित्रमा मात्रै सीमित हुन छाडेको धेरै भएको छैन। उत्कृष्ट अफर आएको खण्डमा टेलिभिजनसँग जोडिएका उदाहरणहरू प्रशस्तै छन्। जस्तोः अमिताभ बच्चन, सलमान खान, शाहरुख खान, आमिर खान आदि। यस्तोमा अभिनेता श्रेयाश तलपडे पनि एउटा नयाँ क्विज कार्यक्रम ‘माइन्ड वार्स’ को प्रस्तोताको हैसियतमा टेलिभिजनमा देखिने भएका छन्। यही सेरोफेरोमा रहेर उनले बलिउड लाइफलाई एउटा अन्तरवार्ता दिएका थिए।

अन्तरवार्तामा क्विज कार्यक्रम लगायत भविष्यको प्रोजेक्टबारे प्रसंगले विशेष स्थान लिए पनि यहाँ उनको जन्मदिन प्रसंगको चर्चा गर्नु उपयुक्त रहन्छ। जन्मदिन मनाउने तरिका व्यक्तिअनुसार फरक पर्न जान्छ। जन्मदिनमा विशेषतः उपहार लिने गरिन्छ। यस मामिलामा उनी फरक देखिए। उनी उपहार लिएर भन्दा पनि उपहार दिएर जन्मदिन मनाउनेमा पर्छन्। उनले अन्तरवार्तामा आफ्नो हरेक जन्मदिन गरिब केटा वा केटीको शिक्षाका लागि स्पोन्सर गरेर मनाउने गरेको खुलाए। जन्मदिनको अवसरमा कुनै व्यक्तिको जीवन परिवर्तन गर्न पाउनुलाई उनी आफ्नो अहोभाग्य मान्छन्। वाह ! अभिनेता हुन् त यस्तो पो !

Leave A Comment