पढाकू बन्दा गाली खाइन्

बिहिबार, २३ माघ २०७६, १२ : ०८ शुक्रवार
पढाकू बन्दा गाली खाइन्

पछिल्लो समय एउटा किताब अमेरिकामा खुब चल्तीमा छ। किताबको नाम हो, ‘अमेरिकन डर्ट’। जेनी कमिनले लेखेको यो उपन्यास निस्कनेबित्तिकै बेस्ट सेलरमा परिहाल्यो। कतिसम्म भने चर्चित टेलिभिजन प्रस्तोता ओप्रा विन्फ्रे र चर्चित लेखक स्टिफन किङ अनि एन प्याचेटले पनि किताबको प्रशंसा गरेका थिए।

मेक्सिकोकी एक युवती र उनको आठ वर्षे छोरा मिहिनेतपूर्वक त्यहाँबाट भागेर कसरी अमेरिका छिर्न सफल हुन्छन् भन्नेबारे लेखिएको यो उपन्यासको विषयवस्तुले छोएको भन्दै सल्मा हायकले किताबको तस्बिर आफ्नो इन्स्टाग्राममा हालेकी थिइन्।

उनले किताब नपढी, उपन्यासमा वर्णित घटनाक्रमको सत्यता परख नगरी देखावटी रुपमा मैले यो किताब पढेँ भनेर जनाउन गरको यस्तो प्रवृत्तिमाथि धेरैले टिप्पणी गरिहाले। त्यसपछि त उनले आफ्नो प्रशंसकमाथि अन्याय गरेँ भनेर उनले माफी मागिहालिन्।

एक त सेलिब्रिटीहरु किताबै पढ्दैनन्, नपढेको किताबको प्रशंसा गर्छन् अनि विवादमा फँसिहाल्छन्। यति भएपछि त सल्माको पनि बुद्धि फि-यो होला !

Leave A Comment