अन्ततः प्रेमिका चाहिएन !

मङ्गलबार, २८ माघ २०७६, ०१ : ०१ शुक्रवार
अन्ततः प्रेमिका चाहिएन !

अन्तरिक्ष पर्यटनमा जान लागेका जापानका खर्बपति युसाकु मियाजावाले आफूसँगै यात्रामा जान इच्छुकका लागि खोलेको आवेदनका लागि ३० हजारभन्दा बढी युवतीले चासो देखाएपछि उनले सो योजना रद्द गरेका छन्।

सन् २०२३ का लागि चन्द्रमाको फेरो लगाउने तरिकाले एलन मस्कको कम्पनी स्पेस एक्सको रकेट यात्रा गर्न उनले कुनै केटीसँग जान पाए हुन्थ्यो भनी चाहना व्यक्त गरेका थिए। उनको सो चाहनालाई यत्ति धेरै जनाले प्रतिक्रिया देलान् भन्ने युसाकुले कल्पना पनि गरेका थिएनन्।

तर गएको विहीबार युसाकुले हजारौँ युवतीको दिल तोड्दै निजी कारणले योजनालाई बिसाउनु परेकामा दुःख व्यक्त गरेका छन्।

‘हुन त यो यात्राका लागि कसैलाई सँगै लैजाने कुराका लागि म एकदमै गम्भीर थिएँ र यत्तिका प्रतिक्रियाका लागि कृतज्ञ पनि तर मसँग जान चाहने ती सबै २७ हजार ७ सय २२ महिलाप्रति म कृतज्ञताका बाबजुद माफी माग्न चाहन्छु,’ उनले ट्वीटरमा लेखेका छन्।

अनलाइन फेसन कम्पनी जोजोका पूर्व प्रमुख कार्यकारी युसाकु यस्तै हत्कण्डा गर्नका लागि प्रख्यात मानिन्छन्।

Leave A Comment