‘१२ हजारमा गाडी बेच्दा रोएँ’

मङ्गलबार, २८ माघ २०७६, ०१ : ४१ शुक्रवार
‘१२ हजारमा गाडी बेच्दा रोएँ’

श्याम महर्जन, ट्याक्सी चालक

मैले सानैबाट ट्याक्सी चलाउन थालेको हुँ। अहिले त्यस्तै पश्चिसछब्बीस वर्ष जति भयो। म काठमाडौंको रैथाने भए पनि मैले अरु कुनै पेसा भने गरिनँ। मलाई  सानैबाट गाडी चालक बन्ने रहर भएकाले यो पेसामा आएको हुँ । काठमाडौंमा घर भए पनि घर चलाउने काम भनेको ट्याक्सीबाट कमाएको पैसाबाटैै हो। करिब आठ वर्ष किराना पसल चलाएपछि फेरि ट्याक्सी पेसामै आएँ। मेरो रहर पनि बाध्यता पनि यसैमा बस्यो।

पहिलो गाडी बेच्दा रोएँ
मेरो यो गाडीभन्दा अगाडि ८०० सिसिको ट्याक्सी थियो। सरकारले २० वर्ष पुरानो गाडी हटाउने भनेर ह्विप जारी ग-यो। मेरो गाडी २० वर्ष पुरानो भएपछि कवाडीको भरमा मैले त्यो गाडी बेचेँ। त्यो गाडी बेच्दा साह्रै रोएँ। त्यै गाडीबाटै मेरो घरपरिवार चलेको थियो। तर आयु पुग्यो भनेपछि मैले १२ हजारमै बेच्न बाभ्य भएँ। अहिले नयाँ गाडी किनेको छु। तर यो पनि किस्तामा। जेन तेन किस्ता तिर्न पु-याइरहेको छु।

बुढी आमैको गाली
एक वर्ष अगाडिको कुरा हो। बौद्धमा एकजना आमाले बाबु मलाई तिलगंगा आँखा हस्पिटल पु-याइदिनु न भन्नु भयो, मैले  हुन्छ भनेँ। उहाँले कति पैसामा लैजाने भन्नुभयो मैले मिटरमा जाउँ जति उठ्छ त्यति दिनु न भनेँ। मिटर भन्ने म जान्दिनँ कति पैसा लिन्छौ भन्नुभयो। मैले २ सय रुपैयाँ दिनु न भने। उहाँले तथानाम गाली गर्नु भयो। ट्याक्सी फटाहा चोर, लुटाहा भनेर मुखमा आए जति भन्नुभयो।

त्यति मात्र होइन तँ त मरी जाओस् भनेर धारे हात देखाएर भन्नुभयो, त्यो देखेर मलाई त विरक्त लाग्यो। मान्छेमा नकारात्मक भ्रम छरेका दुई चार ट्याक्सी चालकले गर्दा यति धेरै गाली खानु परेको कारण मेरो चित्त दुख्यो।

ट्याक्सीको लगानी खै
पच्चिस वर्ष अगाडि ट्याक्सीमा लगानी गर्नु र अहिलेको लगानीमा धेरै फरक छ। अहिले ट्याक्सीमा कमाइ हुँदैन। एउटा ट्याक्सी किन्नका लागि बत्तीस, तेत्तीस लाख पर्छ। त्यो पनि चौध प्रतिशतभन्दा माथिको ब्याजमा। ट्याक्सीबाट दिनरात गरी दुई हजार पच्चिय सय कमाउन मुश्किल पर्छ। लोन कसरी तिर्ने, घर खर्च कसरी चलाउने कति पीडा। अहिले गैर कानुनी रुपमा टुटलपठाओले यात्रु ओसार्छ। तर हामी कानुनी रुपमा कालो नम्बरको प्लेटका ट्याक्सीलाई राज्यबाट नै हेप्ने काम भएको छ। जहाँ मन लाग्यो त्यही चिट काटिदिने, वैज्ञानिक भाडादर लागू नगर्ने सरकारको नीति नै ट्याक्सी सिध्याउने खेलमा लागेको जस्तो लाग्छ। यस्तो अवस्थामा ट्याक्सी चालक कसरी बाँच्न सक्छ।  ट्याक्सी चालकमा एकरुपता नभएका कारण पनि अहिले यस्तो समस्या आएको हो जस्तो लाग्छ।
प्रस्तुति:  भोला अधिकारी 

Leave A Comment