रूखबाट झार्न अश्रुग्यास

बुधबार, ०१ भदौ २०७३, ११ : १९ शुक्रवार , Kathmandu
रूखबाट झार्न अश्रुग्यास

अमेरिकी राज्य कोलोराडोमा एक व्यक्तिले श्रीमतीलाई कुटपिट गरेको भन्दै प्रहरीकोमा उजुरी प¥यो । उनलाई पक्राउ गर्न प्रहरी जाँदा लेन मेलुफ नाम गरेका ती व्यक्ति कुद्दै एउटा रूखको टुप्पामा चढे । उनलाई तल झार्न प्रहरीले अनेक प्रयास गरे, तर सकेनन् ।
‘पाँच घण्टासम्म ती व्यक्ति रूखमै बसिराखे । उनलाई तल झार्ने प्रहरीको प्रयास सफल भएन । अन्त्यमा अश्रुग्यास हानेर र पानीको फोहोरा छ्यापेर पाँच घण्टापछि उनलाई रूखबाट झारियो र पक्राउ गरियो,’ समाचारमा भनिएको छ ।
ती व्यक्तिले हतियार बोकेका छन्÷छैनन् भन्नेमा प्रहरी बेखबर थियो । ‘हतियार बोकेका रहेछन् भने जथाभावी गोली चलाउलान् र अप्रिय घटना घट्ला भनेर छेउछाउको घरबाट मानिसलाई निकालिएको थियो । तर, वरिपरिका मानिस डराएका थिएनन् । उल्टै उनीहरू प्रहरी र रूखमा चढेका लेनको लुकामारी रमाइलो मान्दै हेरिरहेका थिए,’ समाचारमा भनिएको छ ।

 

Leave A Comment