नेपाललाई हेप्नी ?

बुधबार, २९ माघ २०७६, ०१ : २८ शुक्रवार
नेपाललाई हेप्नी ?

कतै यात्रामा जानुअघि आवश्यक कागजात बोक्ने गर्नु भएको छ कि छैन ? छैन भने भारतीय टेलिभिजन कलाकार करणवीर बोहरा जस्तै ट्रोलको शिकारमा परिएला है ! गत हप्ता सपरिवार नेपाल आउन लागेका करणवीर एकाएक ट्रोलको शिकार भए। कारण थियो, उनको लापरवाही। एउटा भिन्दै देश भए पनि पासपोर्ट बोकेर आउनुको साटो उनले रासन कार्ड लिएर नेपाल छिर्न खोजे तर इयर इन्डियाले उनलाई नेपाल आउन रोक्यो।

करणवीरले नेपाल आउन नपाएसँंगै ट्वीटमा आक्रोश पोख्दै लेखे, ‘नेपाल जाने बेलामा दिल्ली एयरपोर्टमा मलाई डिपोर्ट गरियो। आधार कार्डमार्फत् यात्रा गर्न अनुमति छैन भन्छन् बा ! नेपाल सरकारले यसलाई स्वीकार गर्दैन भने एयर इन्डियाले मलाई मुम्बईबाट उडान भर्नबाट किन रोकेन त ?’

यसै कुरालाई आधार मान्दै सामाजिक सञ्जालमा यात्रा गर्दा डकुमेन्ट बोक्नुपर्छ भन्ने थाहा छैन र भन्दै उनको खुबै ट्रोलहरु बनिरहेका छन्। अन्ततः कारणवीर आवश्यक कागजात बोकी गत शनिबार नेपाल आइसकेका छन्।

नेपालबारे बुझ्दैनबुझी भारतकै अंश जसरी नेपाल आउन खोज्दा विचरा करणवीर ठाडै खुट्टा घर फर्किनु प-यो। हुन त बलिउडको यो बच्चा पारा नयाँ पनि होइन। यसअघि माधुरी दीक्षितले पनि नेपाल त इन्डियाकै पार्टजस्तो लाग्यो भनेर १८ वर्षअघि भन्दा ठूलो विवादमा मात्र परेकी थिइनन्, माफी नै माग्नुपरेको थियो।

Leave A Comment