सलमानको के टुंगो !

बुधबार, २९ माघ २०७६, ०१ : ३६ शुक्रवार
सलमानको के टुंगो !

बलिउडका चर्चित कलाकार सलमान खान अति नै भावुक छन्। उनको दिमागमा कुन बेला के चल्छ, यसै भन्न मुस्किल छ। उनी कहिले चाहिने भन्दा बढी नै कपासजस्तो नरम बन्छन् भने कहिले उसै ढुङ्गोजस्तो कडा बनिदिन्छन्। हालै चलचित्र ‘राधे’को छायांकनका लागि गोवा पुगेका सलमानलाई हेर्न विमानस्थलमा जम्मा भएका उनका शुभचिन्तकहरुका बीचमा भिडियो खिचिरहेका एक शुभचिन्तकको मोबाइल उनले खोसी दिएका छन्। खोसिएको मोबाइल लिएर उनी एयरपोर्टबाट बाहिरिएका थिए। उनको यो हर्कतले उनलाई पुनः विवादमा तानेको छ।

Leave A Comment