पहिला भगवान्, अहिले राक्षस

बिहिबार, ०१ फागुन २०७६, १२ : ०८ शुक्रवार
पहिला भगवान्, अहिले राक्षस

हलिउडका चर्चित फिल्म निर्माता हार्भे वाइनस्टाइन पछिल्लो समय असहज अवस्थामा छन्। कारण हो उनीमाथि लागेको मीटूको आरोप। हलिउडमा उनको यौन दुर्व्यवहारको शिकार नहुने नायिकाहरु कमै होलान्।

हालै जेशिका मनले दिएको बयानले पुनः अर्को मोड लिएको छ। उनीमाथि वाइनस्टाइनले पटक पटक यौन दुर्व्यवहार गरेको बताएकी छन्। वाइनस्टाइनले आफ्नो शक्तिको धम्की दिएर उनको मुख बन्द गराउन खोजेका थिए। हलिउडमा नब्बेको दशकमा सबैका हाइहाइ बनेका हार्भेसँग संगत गर्न पाउँदा भगवान्लाई धन्यवाद भनेकी जेशिका पछि वाइनस्टाइनको शिकार भइरहिन्। उनीसँग  वाइनस्टाइनले अप्राकृतिक सम्बन्ध राखेको पनि बताएकी छन्। त्यसै पनि कंगाल भइसकेका हार्भे यस बयानपछि त लामो समय जेलमा सड्ने निश्चितजस्तै भएको छ।

Leave A Comment