कस्तो दुरदर्शी !

बिहिबार, ०१ फागुन २०७६, १२ : ४८ शुक्रवार
कस्तो दुरदर्शी !

ड्रग्स ओभर डोजका कारण मृत्यको मुखबाट बचेकी डेमी लोवाटोको सपना थियो, एक दिन सुपर बोउलमा हजारौँ दर्शकका अघिल्तिर गीत गाउने। उनले सन् २०१० फेब्रुअरी ७ मा ट्वीट नै गरेकी थिइन्, ‘म कुनै दिन सुपर बोउलमा राष्ट्रिय गाना गाउने छु। यो मेरो सपना हो।’

अन्ततः उनको सपना ठीक दश वर्षपछि सत्य साबित भएको छ। यही आइतबार उनले आफ्नो पुरानो टूइट रिपोस्ट र सेयर गरेकी थिइन्। आइतबार भएको सुपर बोउलमा सेतो पहिरनमा निकै सुन्दर देखिएकी डेमी आफ्नो सपना पूरा गर्न पाएकोमा खुबै गदगद देखिन्थिन्। सुपर बोउलमा प्रस्तुति राख्न पाउनु हलिउडको स्थापित हुने बाटो हो। त्यो बाटो पाएकामा प्रशंसक र आफन्तले उनलाई बधाईसमेत दिएका थिए।

Leave A Comment