दुब्ली सारा

बिहिबार, ०८ फागुन २०७६, ०१ : ५५ शुक्रवार
दुब्ली सारा

सारा अलि खान बलिउडमा प्रवेश गर्नु पहिले ९६ केजी थिइन्। उनले आफ्नो तौल ५० केजीमा झारेर ‘केदारनाथ’ चलचित्रबाट डेब्यु गरेकी थिइन्। अहिले उनको चलचित्र ‘लभ आजकल’ भ्यालेन्टाइन अर्थात् प्रणय दिवसको दिन प्रदर्शन हुने तयारीमा छ। यस्तोमा उनी र उनको को–स्टार कार्तिक आर्यन प्रमोसनमा व्यस्त छन्। विभिन्न कार्यक्रम र सार्वजनिक स्थलमा एकसाथ देखिन्छन्।

यति मात्र होइन, त्यस क्षणको केही झलक सामाजिक सञ्जालमा पनि पोस्ट गर्छन्। यसै क्रममा हालै कार्तिक आर्यनले इन्स्टाग्राममा पोस्ट गरेको एउटा फोटोले भने निकै चर्चा कमायो। त्यस फोटोमा कार्तिकले शारालाई घरमै पाकेको खाना खुवाएका थिए। अनि त्यस फोटोका लागि क्याप्सन थियो, ‘तिमी साह्रै दुब्ली भयौ। अब तिमी पहिलेकै साइजमा आउनुप-यो।’ यसो त कार्तिक र सारा सम्बन्धमा रहेको हल्ला चलेको धेरै भएको छैन। यस पोस्टले त्यस हल्लालाई थप बल मात्र दिएको छैन, सारा अति दुब्ली भएकीमा कार्तिक कति धेरै चिन्तित छन् भन्ने पनि प्रस्ट्याउँछ।

Leave A Comment